सुनसरी ४ मा राेकिएकाे मतगणना तत्काल सुरु नगरिए सडक सङ्घर्ष गर्ने एमालेकाे चेतावनी

 मंसिर १२, २०७९ सोमबार १६:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरी क्षेत्र नं. ४ मा स्थगित भएको मतगणना तत्काल सुरु नगरिए सडक सङ्घर्ष गर्ने नेकपा एमालेले चेतावनी दिएकाे छ ।  

आज साेमवार पत्रकार सम्मेलन गर्दै सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्नुभयाे । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएकाे भन्दै तत्काल कुनै निर्णय नभए सडक सङ्घर्ष सुरु गर्ने उहाँले बताउनुभयाे । 

कुसियतले भने, ‘आज कुनै निर्णय भएन, मतगणना सुरु भएन भने हामी सडकमा जानेछाैँ । हामी सडक सङ्घर्ष पनि गर्नेछौँ । वार्ता पनि गर्छाैँ ।’ 

कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया