चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

 मंसिर १३, २०७९ मंगलबार १२:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई मतपरिणाम आएको दिनदेखि ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।

आयोगले सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको छ । त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन निर्देशन दिएको छ। यसअघि भएको पालिका चुनावमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिबाना गरेको थियो ।

पालिका तहमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा दिएको उम्मेदवारी रद्द गरिएको थियो । उम्मेदवारले प्रचारप्रसार, गोष्ठी अन्तरक्रिया, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषयको खर्चको विवरण उल्लेख गरी चुनावकाे खर्चको विवरण बुझाउनु पर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया