अर्घाखाँचीमा १९ जनाको जमानत जफत

 मंसिर १३, २०७९ मंगलबार २०:७:५८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये १९ जनाको जमानत जफत भएको छ ।

तीन पदका लागि चुनाव प्रतिस्पर्धा गरेका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का पाँच/पाँच जना र प्रतिनिधि सभाका नाै जना गरी १९ जनाकाे जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले बताउनुभयाे ।

अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्षित गर्न सकेका छन् ।

सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा कानुनअनुसार धरौटीबापत १० हजार रुपैयाँ जम्मा गरेका हुन्छन् । अर्घाखाँचीमा एक लाख ६४ हजार सात सय ६८ मतदाता रहेकामा ९० हजार नाै सय ८९ मत खसेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया