दोलखाको १० मतदान केन्द्रमा मतदान सुरु

 मंसिर १५, २०७९ बिहीबार ८:११:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा - दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको 'क', 'ख' र 'ग', वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र 'क' र 'ख' तथा तामाकोशी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका 'क' र 'ख' गरी सात मतदान केन्द्रमा आज  मतदान गर्ने निर्णय गरेको थियो । 

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा 'क', 'ख' र 'ग' मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएको चुनावलाई रद्द गरी त्यही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।  

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया