काठमाण्डाैमा रेस्टुरेन्ट राति १२ बजेसम्म र क्लब–डिस्काे बिहान ४ बजेसम्म खोल्न पाइने

 मंसिर १५, २०७९ बिहीबार १७:१३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काठमाण्डौ उपत्यकामा रात्रिकालीन व्यापार, व्यवसाय र मनोरञ्जनको क्षेत्र सञ्चालनमा खुकुलो नियम ल्याएको छ ।

यसअघि १० बजे नै काठमाण्डौमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा काठमाण्डौ जिल्ला सुरक्षा समितिले समय बढाएको हो । नयाँ नियमअनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।  

यस्तै डान्स, दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । यस्तै क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने सूचनामा उल्लेख छ ।

तस्बिर : एलओडी

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया