प्रधानमन्त्री देउवा र सीके राउतबीच सहकार्यका विषयमा छलफल

 मंसिर १५, २०७९ बिहिबार १९:२७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज बिहीवार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आउँदा दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तराई–मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारूढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ ।

यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. राउतबीच भेटवार्ता भएको थियो । प्रतिनिधि सभा सदस्यमा डा. राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यस्तै समानुपातिकतर्फ याे पार्टीले अहिलेसम्म तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया