ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु प्रकरण : धनगढीमा निषेधाज्ञा जारी

 मंसिर १५, २०७९ बिहिबार १९:५६:३२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीको धनगढीमा ग्रेडरले किच्दा एक बालिकाकाे ज्यान गएपछि उत्पन्न भएकाे तनावलाई नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

धनगढी उपमहानगरपालिका ५ हसनपुर–पिपल चौतारा सडक खण्डमा आज बिहीवार बिहान कालिका कन्ट्रक्शनको ग्रेडरले किच्दा १५ वर्षीया चेतना साउदको ज्यान गएको थियाे । पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा कक्षा ८ मा पढ्ने बालिका साउदको घटनास्थलमै ज्यान गएको हाे । साउद साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेभल मिलाउँदै गरेको अवस्थामा 'ब्याक' गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो ।

अहिले बालबालिकाकाे शव घटनास्थलमै रहेकाे र स्थानीयले सडकमा विराेध गरिरहेका अराजक गतिविधि हुन सक्ने भन्दै प्रशासनले अर्काे आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे । । घटनास्थलमा आफन्त र स्थानीयवासीले विरोध गर्दा सडकमा गाडी आवागमन ठप्प बनेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया