नवलपरासीको धौवादीमा भएको जीप दुर्घटनामा चार जनाको ज्यान गयो

 मंसिर १६, २०७९ शुक्रबार ६:३३:७ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जीप दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् ।

दलदलेबाट डेडगाउँका लागि छुटेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जीप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै हिजो बेलुका दुर्घटना भएको थियो ।

दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा बुलिङटार–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटका ६७ वर्षीय मनसुभा बराल, बौदीकाली–२ डेढगाउँका केसरी दराई र यामबहादुर ठाडाको ज्यान गएको छ।

घाइते भएका ८ जनाको भरतपुरमा उपचार भइरहेको छ । घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा निक्कै कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया