सरकार आलोपालो चलाउने सहमति भएको छ : रेखा शर्मा

 मंसिर १६, २०७९ शुक्रबार १३:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले सरकारको नेतृत्व आलोपाले गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्नेबारेमा सहमति जुटाउनुपर्ने बताउनुभएको छ । 

आज शुक्रवार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि बताउनुभयो । उहाँले पार्टीबाट प्रधानमन्त्रीका लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिप्पणी हुन आवश्यक नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कुनै एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव छैन, त्यसैले छलफलमा छौँ । आलोपालो प्रधानमन्त्री बन्ने भन्ने कुरा शीर्ष नेताहरू बसेर छलफल गर्नुभएको छ । कोबाट सुरुवात हुन्छ भन्ने कुरा सहमतिमा गर्नुपर्छ । को व्यक्ति हुन्छ भन्ने कुरा प्रधान होइन, गठबन्धनले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।’

नेत्री शर्माले राजनीतिक दलहरूले युवालाई पनि सम्मानजनकरूपमा अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले युवाको जबरजस्ती हस्तक्षेपभन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा देश सही मार्गमा जाने बताउनुभयो । 

फरक प्रसङ्गमा नेत्री शर्माले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको दाबी गर्नुभयो । पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया