पीएम कप क्रिकेट : मधेशलाई हराउँदै बाग्मती 'सुपर–फोर' मा
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले परराष्ट्र मन्त्रालयकाे अनुमति लिएर आएपछि अमेरिकी राजदूतलाई भेटेकाे बताउनुभएकाे छ ।
अमेरिकी राजदूतलाई भेटेकाे बारेमा नेकपा एमालेका नेता भीम रावलले उठाएका विषयलाई खण्डन गर्दै बालेन शाहले परराष्ट्रकाे अनुमतिपछि मात्र अमेरिकी राजदूत डीन थम्पसनसँग भेटेकाे बताउनुभएकाे हाे । उहाँले अमेरिकी राजदूतले आफूहरूसँग पटक–पटक भेट्न खाेज्दा चाहिँ परराष्ट्रबाट अनुमति लिएर आउन भनेकाे बताउनुभएकाे छ ।
यस्तै मेयर शाहले राजदूतले आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आएकाे भए पनि आफूहरूले अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी, पौवा बनाइदिन सहयोग गर्ने भनेर पठाएकाे बताउनुभएकाे छ ।
‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौँ र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौँ । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी, पौवा बनाइदिन सहयोग गर्छाैँ भनेर पठाएका छौँ । र थप एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत् नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ’, शाहले फेसबुकमा लेख्नुभएको छ ।
यसअघि नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राजदूतलाई भेटेकोबारेमा प्रश्न उठाउनुभएकाे थियाे ।
रावलले नेपालको परराष्ट्र सम्बन्धी मामिला सङ्घीय सरकार मातहत रहने स्मरण गराउँदै मेयर शाहले परराष्ट्र मन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताउनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।