बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै - फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह 'जी' अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ ।
कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएकाे हाे । पराजित भए पनि समूह विजेता बनेकाे ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेकाे छ ।
क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै तीन खेलमा चार अङ्क जोडेको क्यामरुन समूह चरणबाटै बाहिरिएको छ । समान खेलमा ६ अङ्क जाेडेकाे ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।
यस्तै, गएराति भएकाे खेलमा उरुग्वेले घानालाई २–० गोलले पराजित गरेकाे छ । पराजित घाना समूह चरणबाट बाहिरिएकाे छ । उसले ३ खेलमा ३ अङ्क जोडेकाे थियाे। उरुग्वे समूह 'एच' काे तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण कोरियासँग गोल अन्तरमा पछि परेकाे उरुग्वे समूह चरणबाट बाहिरिएको हो । उरुग्वेले तीन खेलमा ४ अङ्क जोडेकाे थियाे ।
यस्तै, गएराति भएकाे अर्काे खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएकाे छ । ३ खेलमा ६ अङ्क जोडेकाे स्विट्जरल्यान्ड राउन्ड अफ १६ मा प्रवेश गरेकाे छ । जितसँगै स्विट्जरल्यान्ड समूह 'जी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।