काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
शनिबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो ।
मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ दशमलव ३ बलमा एक सय रनमा अलआउट भएको थियो ।
मलेसियाविरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । जारी प्रतियोगितामा उनको कुल ९ विकेट पुगेको छ । म्यानमारविरुद्ध पनि उनले चार विकेट लिएका थिए । नेपालका सोमपाल कामीले ३ तथा कप्तान पारस खड्काले १ विकेट लिए ।
मलेसियाको दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।
१०१ रनको जवाफी लक्ष्य नेपालले १२ दशमलब ४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ । नेपालको जीतमा कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । ४ रन हुँदा अनिल साहलाई गुमाएको नेपालले त्यसपछि क्रिजमा आएका पारसले उत्कृष्ट ब्याटिङ गरेका थिए ।
नेपालको ३२ रन हुँदा विनोद भण्डारीलाई गुमाएको नेपालका लागि कप्तान खड्का र उप-कप्तान ज्ञानेन्द्र मल्लले ६९ रनको साझेदारी गरेका थिए । जसमा खड्का ५२ तथा ज्ञानेन्द्र २७ रनमा नट आउट रहे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।