समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

 मंसिर १८, २०७९ आइतबार ८:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ ।

यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । उसले थ्रेस होल्ड कटाउनेबारे अझै टुङ्गो लागेको छैन । दोलखा र बाजुरामा मतगणना चलिरहेको छ । प्रतिनिधि सभातर्फ राष्ट्रिय पार्टी बन्नको लागि कुल सदर मतको तीन प्रतिशत मत ल्याउनैपर्छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Yubraj

    Dec. 4, 2022, 9:49 a.m.

    अब गणना गर्न बाँकी र सदर भएको समानुपातिक मत कती छ, त्यो पनि जानकारी भएको भए राम्रो हुँथ्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया