मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरेमा कारबाही गर्ने मधेशी आयोगको चेतावनी

 मंसिर १८, २०७९ आइतबार १८:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मधेशी आयोगले मधेशी समुदायमाथि लक्षित गरि अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ ।

आयोगले आज आइतवार विज्ञप्ति निकालेर मधेशी समुदायलाई लक्षित गरी प्रयोग गरिने अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता शब्द प्रयोग गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि नेपालको प्रचलित कानुनअनुसार कारबाही हुने मधेशी आयोगले चेतावनी दिएको छ ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तसहित आयोगका सदस्यबाट यस्ता संवेदनशील घटनाहरूको अनुगमन हुने गरेको र सम्बन्धित निकायलाई यथाशीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सिफारिससमेत गरिरहेको बताएको छ । आयोगले यस्ता घटनाको उजुरी आयोगमा विभिन्न माध्यमबाट दिन पनि अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Dharmanand Awasthi

    Dec. 4, 2022, 6:43 p.m.

    धोती पहिरन हो ।यस्ले समुदाय चिन्न निकै सजिलो हुन्छ ।यो अपमान को शब्द होइन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया