स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा

 मंसिर २०, २०७९ बुधबार ५:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ।

कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन-शून्यले हरायो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।

सन् २०१० को विजेता स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । अब मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगलसँग खेल्नेछ। 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया