विश्वकप फुटबलमा पोर्चुगलका रामोसको ह्याट्रिक

 मंसिर २१, २०७९ बुधबार ७:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

स्विट्जरल्याण्डलाई फराकिलो गोलले हराउँदै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलको कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगलले स्विट्जरल्याण्डलाई ६–१ गोलले हरायो । पोर्चुगलका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । २१ वर्षीय रामोसले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे ।

उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो । त्यस्तै पाेर्चुगलका राफाएल गुरेरो, राफाएल लिआओ र पेपेले १/१ गोल थपे । स्विट्जरल्याण्डका म्यानुएल अकान्जीले एक गोल फर्काए । यस्तै गएराति भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्‍याे ।

निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । विश्वकप फुटबलमा अन्तिम–१६ का खेल सकिएका छन् । अब क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को, ब्राजिल र क्राेएशिया, अर्जेन्टिना र नेदरल्यान्ड्स तथा इंग्ल्यान्ड र फ्रान्स खेल्ने भएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया