डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

 मंसिर २१, २०७९ बुधबार १०:१३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

डाेटी – डोटीमा चितुवाको आक्रमणमा परि पाँच जना घाइते भएका छन् । हिजो बेलुका साढे ५ बजे पूर्वीचौकी गाउँपालिका–५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उहाँका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन् ।

४ वर्षका सिद्ध बटाला घरको आगनमा  खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । बटाला चिच्याएपछि परिवारका सदस्यले चितुवालाई लखेटेका थिए । भाग्दै गरेको चितुवाले बटालाको घरभन्दा पर गोठालोबाट फर्किदै गरेका सरु, लाली, हसिना र पुष्पालाई आक्रमण गरेको हो । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया