गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद थापाले ठूला दलहरूले नयाँ सरकार गठनबारे एक ठाउँमा उभिएर बहस गर्नुपर्ने बताउनुभएको हो ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालले बुधवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतिको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाकाे भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘जनादेश विपरीत जाने दलहरू समाप्त हुनेछन् । हामीले गल्ती गरेकाले जनताले दलहरूको विकल्प खोजेका हुन् । जनताले दिएको म्यान्डेट अनुसार अघि बढौँ । विशेषगरि मूलधारका राजनीतिक दलहरू एक ठाउँमा बसौँ । सरकारको बारेमा छलफल गरौँ, बहस गरौँ । प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौँ । अब संविधानमा कतै संशोधन गर्नुपर्ने हुन सक्छ । संविधान, देशको मूल कानुनमाथि नै खेलबाड नगर्ने प्रतिबद्धता जाहेर गर्नुपर्दछ जस्तो मलाई लाग्दछ ।’
त्यस अवसरमा कांग्रेस सांसद थापाले सबै राजनीतिक दलसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजनासमेत सार्वजनिक गर्नुभयो । उहाँले भक्तपुरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढतासमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।