काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा भारत एक इनिङ र २ सय ७२ रनले विजयी भएको छ ।
भारतले फलो अनमा परेको वेस्टइन्डिजले दुवै पारी तेस्रो दिन नै समाप्त पारेकाे थियो । ६सय ९४ रन बनाएर पहिलो पारी समाप्त गरेको भारतले दोस्रो पारी खेल्नै परेन ।
पहिलो पारीमा १८१ रन बनाएर अल आउट भएको वेस्टइन्डिज फलो अनमा पर्दै शनिवार दोस्रो पारी शुरु गरेको थियो । तर वेस्टइन्डिजले दोस्रो पारीमा जम्मा ५० दशमलब ५ ओभर खेल्दै १९६ रनमा अल अाउट भएपछि भारतलाई ठूलो अन्तरको सफलता हात लागेको हो ।
भारतलाई सफलता दिलाउन मोहम्मद सामीले ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट हात पारे । वेस्टइन्डिजका कायरन पवेलले ८३ रन बनाउनुबाहेक अरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले डेढ दिनमा विशाल योगफल तयार पारेको थियो । भारतका लागि डेब्यु टेस्ट खेलिरहेका पृथ्बी शाले १३४, कप्तान विराट कोहलीले १३९ तथा रविन्द्र जडेजाले नट आउट १ सय रन बनाएका थिए ।
वेस्ट इन्डिजलाई फलो अनमा पार्नका लागि भारतका रविचन्द्रन आश्विनले ४ तथा मोहम्मद सामीले २ विकेट लिएका थिए । वेस्ट इन्डिजले पहिलो पारीमा १८१ रनमै समेटिए पछि ४६८ रनले पछि पर्दै फलो अनमा रहेर फेरि ब्याटिङ शुरु गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।