जबरालाई राेक्न कानुन व्यवसायीद्वारा सर्वोच्च अदालतको मूल गेटमा धर्ना (तस्बिरहरू)

 मंसिर २१, २०७९ बुधबार १६:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कानुन व्यवसायीले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिइरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो निलम्बन फुकुवा भएको पत्र संसद् सचिवालयबाट पाएलगत्तै सर्वाेच्च अदालतमा आउने समाचार सार्वजनिक भएपछि कानुन व्यवसायी उहाँलाई रोक्न आज (बुधवार) दिउँसो सर्वोच्च अदालतको मूल गेटमा भेला भएका हुन् । 

नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसहित भेला भएका उनीहरूले संविधान र कानुन विपरीत निलम्बन फुकुवा गर्ने पत्र संसद् सचिवालयले दिएको उल्लेख गर्दै जबरालाई कुनै पनि हालतमा सर्वोच्च अदालतमा प्रवेश हुन नदिने जिकिरगरेका छन । कानुनी र नैतिकता दुवै हिसाबले सर्वोच्च अदालतको नेतृत्व गर्न नसक्ने जबरालाई प्रधानन्यायाधीशको रूपमा काम गर्न दिन नहुने कानुन व्यवसायीको तर्क छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग फुकुवा भएको भन्दै निलम्बित प्रधानन्यायाधीश जबरालाई फुकुवा पत्र दिनुभएको थियो । तर याे पत्र संविधान र कानुन विपरीत रहेकाले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश हुन नदिने कानुनी व्यवसायीको तर्क छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया