संसद् सचिवालयलाई सर्वोच्चको प्रश्न– ‘कुन कानुनअनुसार जबराको महाअभियोग निष्प्रभावी भएको हो ?’

 मंसिर २१, २०७९ बुधबार १६:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कुन संवैधानिक र कानुनी व्यवस्थाअनुसार महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो भनेर संसद् सचिवालयसँग जानकारी माग गरेको छ ।

संसद्का महासचिव डा. भरतराज पौडेलले निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेपछि बसेको सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक अर्थात् 'फुलकोर्ट' ले जानकारी माग गरेको हो । सर्वोच्च अदालतका सह–रजिष्टार नारायणप्रसाद रेग्मीले संसद् सचिवालयका महासचिवलाई लेख्नुभएको पत्रमा २०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेस भएको भनिएको प्रतिवेदनमाथिकाे कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन भनेर सोध्नुभएको छ ।

यस्तै पत्रमा त्याे प्रस्ताव नयाँ प्रतिनिधि सभामा पेस हुन्छ वा हुन्न ?, महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभाको कार्यकाल सम्माप्त भएको मितिले निष्प्रभावी भएको हो वा निर्वाचनको मितिले ? र नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनि उल्लेख गर्नुभएको हो ? भनेर सोधिएको छ ।

 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया