पाल्पामा बिहे भोज खाएर बिरामी परेकामा आउँको किटाणु भेटियो

 मंसिर २१, २०७९ बुधबार १९:५७:१९ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको चिर्तुङ्गधारामा बिहे भोज खाएपछि बिरामी परेकाहरूमा आउँकाे किटाणु भेटिएको छ । दूषित पानी, खाना वा सरसफाइ लगायतका कारण हुने आउँको समस्या बिरामीमा भेटिएको मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले जनाएका हुन् । 

बिहे भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी भएकाहरूको आज बुधवार पनि घरघरमै पुगेर उपचार गरिएको बगनाँसकाली गाउँपालिकाले जनाएको छ । बिरामीमध्ये कतिपयमा सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ ।  मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्टअनुसार सबैमा दिसामा एक प्रकारको किटाणु देखिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो । 

पाल्पाकाे बगनासकाली गाउँपालिका १ चिर्तुङधाराको घोरबन्दाका बिहे भोजमा सहभागी झन्डै एक सय ५० जना बिरामी परेका हुन् । प्युठानबाट जन्ती आएका ४५ जनाभन्दा बढी जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालय पाल्पाले 'फुड पोइजन' को खास कारण पत्ता नलागेको र पानी जाँचको प्रक्रिया अघि बढेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया