राेनाल्डाे भन्छन् : पाेर्चुगलकाे विश्व कप आशा ‘ताेड्ने’ प्रयास हुँदैछ

 मंसिर २२, २०७९ बिहिबार २०:२३:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बाहिरी शक्तिले आफ्नो टिमकाे विश्व कप आशालाई ताेड्ने प्रयास गरिरहेका आराेप लगाएका छन् । पोर्चुगलकाे अखबार रेकर्डले राेनाल्डोले विश्व कपकाे अन्तिम १६ मा स्विट्जरल्यान्डसँगकाे खेलमा आफूलाई सुरुदेखि नखेलाए टिम छाड्ने धम्की दिएका दाबी गरेको थियो ।

स्विट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएपछि धेरैले आ–आफ्नै हिसाबले व्याख्या गर्ने क्रम सुरु भएपछि ३७ वर्षीय फरवार्डले आज बिहीवार सामाजिक सञ्जालमार्फत एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउन नसक्ने बताएका हुन् ।

रोनाल्डोले पोर्चुगल सपनाका लागि अन्त्यसम्म लड्ने बताउँदै आफूहरूलाई विश्वास गर्न पनि आग्रह गरेका छन् । 

यसैबीच पोर्चुगिज फुटबल सङ्घ (एफपीएफ) ले क्रिस्टियानो रोनाल्डोले विश्व कप छोड्ने धम्की दिएका भन्ने कुराको अस्वीकार गरेको छ । रोनाल्डोले कतारमा रहँदा राष्ट्रिय टोली छोड्ने धम्की नदिएका एफपीएफले भनेको छ । 

पोर्चुगलले विश्व कपको क्वाटर फाइनलमा शनिवार राति मोरक्कोसँग खेल्दैछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया