आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस : सुशासन कायम गर्ने सरकारी प्रयास असफल

 मंसिर २३, २०७९ शुक्रबार ९:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचारविरुद्ध एकता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घ ले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

भ्रष्टाचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सन् २०२१ का अनुसार नेपाल १ सय १७ औँ स्थानमा छ ।

१ सय ८० देशमा गरिएको सर्वेक्षणमा नेपालले १०० पूर्णाङ्कमा जम्मा ३३ अङ्क प्राप्त गरेको छ । ५० भन्दा कम अङ्क पाउने देशलाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखिन्छ ।

सुशासन कायम गर्ने मामिलामा सरकारी प्रयास असफल रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेका छन् ।

दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित लागत र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै उहाँले भ्रष्टचार रोकथामका लागि नेपालले गर्नुपर्ने नीतिगत, कानुनी सुधारलगायतका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया