देशभित्रै उत्पादन भएका वस्तुको उपभोग गर्न आवश्यक छ : राष्ट्रपति भण्डारी

‘आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ’

 मंसिर २३, २०७९ शुक्रबार १८:२८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । 

आज शुक्रवार नेपाल हस्तकला महासङ्घले आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशभित्र उपलब्ध स्रोत, साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवद्र्धन गर्नसके मात्र देशको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले निर्यातमा आधारित हस्तकला उद्योगले देशको दिगो आर्थिक विकास गर्न महत्त्वपूर्ण योगदान गर्नसक्ने बताउनुभयो । उहाँले नेपाली हस्तकलाले देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएकाले यसको विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षण तथा संवद्र्धनको साथै नेपालको पहिचान र गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सकिन्छ । हस्तकला उद्योगको विकास र विस्तारबाट देशको विशिष्ट पहिचान गर्न सकिन्छ भने नेपालको आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण योगदान पु¥याउन सकिन्छ । हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्त्वपूर्ण भुमिका खेल्दै आएको हुनाले यो उद्योगलाई नेपालको तुलानात्मक लाभको क्षेत्र मान्न सकिन्छ । देशभित्र उपलब्ध स्रोत, साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नु अति आवश्यक छ । नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवद्र्धन गर्नसके मात्र अहिले देशले भोगिरहेको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ ।’

राष्ट्रपति भण्डारीले हस्तकला उद्योगबाट उत्पादन हुने वस्तुको बजार विस्तारका लागि आवश्यक नीति तथा कानुनलाई सरकारले सहजता दिनुपर्ने बताउनुभयो । उहाँले सबै नेपालीले देशभित्र उत्पादन भएका वस्तुको उपभोग गर्न आवश्यक रहेको बताउनुभयो । देशको विद्यमान बेरोजगारी समस्या समाधान गर्न र युवा जनशक्ति पलायनलाई रोक्न व्यावसायिक तालिमको प्रवद्र्धन गर्दै लैजान आवश्यक रहेको उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • दामोदर गौतम

    Dec. 9, 2022, 8:47 p.m.

    सम्माननिय राष्ट्रपती ज्यु अनि हजुरले पर्योग गरेको करोडौँको कार्पेट नेपाली उत्पादन थियो कि बैदेशिक सक्नुहुन्छ भने अनि उत्पादन मात्र नेपाली हैन सोच पनि नेपाली राख्नुहोस

  •  0 Reply

तपाईको प्रतिक्रिया