विश्व कप फुटबलको क्वाटरफाइनलमा आज मोरक्को र पोर्चुगल तथा फ्रान्स र इङ्ल्यान्ड खेल्दै

 मंसिर २४, २०७९ शनिबार ९:३८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् । क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र  इङ्ल्यान्डबीच खेल हुनेछ ।

मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे कतारको अल थुमामा मैदानमा सुरु हुनेछ । मोरक्कोले अन्तिम–१६ मा स्पेनलाई पेनाल्टी शुटआउटमा हराएको थियो । त्यस्तै पोर्चुगल स्विट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

क्वाटरफाइनलको अन्तिम खेलमा आज राति फ्रान्स र इङ्ल्यान्ड खेल्दैछन् । यो खेल राति पौने १ बजे अलबायत मैदानमा सुरु हुनेछ । फ्रान्स साविक विजेता टोली हो । फ्रान्सले अन्तिम–१६ मा पोल्यान्डलाई ३–१ गोलले र इङ्ल्यान्डले सेनेगललाई ३–० गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि अर्जेन्टिना र क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना र गएराति भएको खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेका हुन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया