विश्व कप फुटबलको क्वाटरफाइनल : मोरक्कोले रोक्ला पोर्चुगललाई ?

 मंसिर २४, २०७९ शनिबार ९:५८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : गेटी इमेजेज

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् ।

क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र  इङ्ल्यान्डबीच खेल हुनेछ । मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे कतारको अल थुमामा मैदानमा सुरु हुनेछ । मोरक्कोले अन्तिम–१६ मा स्पेनलाई पेनाल्टी शुटआउटमा हराएको थियो । त्यस्तै पोर्चुगल स्विट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । 

हेड टु हेड

पोर्चुगलले सन् २००६ पछि पहिलो पटक विश्व कपमा क्वाटरफाइनल खेल्दैछ । यसअघिको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखे पनि पोर्चुगलले स्विट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हरायो । गोन्कालो रामोसले यो खेलमा ह्याट्रिक गरे ।

पोर्चुगल यो लयलाई कायम राख्दै सेमिफाइनलमा पुग्न चाहन्छ । मोरक्को पनि अन्तिम १६ मा स्पेनलाई पेनाल्टी शुटआउटमा ३–० गोलले पराजित गर्दै विश्व कप फुटबलमा पहिलोपल्ट क्वाटरफाइनल पुगेको हो । सन् २०१० को च्याम्पियन स्पेनलाई हराएर मोरक्को १२ वर्षयता विश्व कपको अन्तिम आठमा पुग्ने पहिलो अफ्रिकी टोली पनि बन्यो ।

पोर्चुगल र मोरक्कोबीच अहिलेसम्म दुई खेल मात्र भएका छन् । त्यो पनि एक/एक खेल जितेर बराबरीमा सकिएकाे थियाे। मोरक्कोले ३ गोल गर्दा पोर्चुगलले २ गोल गरेको छ । सन् १९८६ को विश्व कपमा यी दुई देशबीच भएको पहिलो भेटमा मोरक्को ३–१ ले विजयी भयो । तर सन् २०१८ मा रुसमा भएको पछिल्लो खेलमा पोर्चुगल १–० ले विजयी बनेको थियो । 

यो खेलको विजेताले आज राति हुने फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ । आज बिहान भएको क्वाटरफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना र गएराति भएको खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया