फ्रान्स र इङ्ल्यान्ड को पुग्ला विश्व कपको सेमिफाइनलमा ? यस्तो छ 'हेड टु हेड'

 मंसिर २४, २०७९ शनिबार १०:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : गेटी इमेजेज

काठमाण्डाै - कतार विश्व कप फुटबलको क्वाटरफाइनलमा आज राति साविक विजेता फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई देशबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे अलबायत मैदानमा सुरु हुनेछ ।

यो कतार विश्व कप फुटबलको क्वाटरफाइनल अन्तर्गत अन्तिम खेल हो । फ्रान्सले अन्तिम–१६ मा पोल्यान्डलाई ३–१ गोलले र इङ्ल्यान्डले सेनेगललाई ३–० गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो । फ्रान्सले चार वर्षअघि सन् २०१८ मा र सन् १९९८ मा विश्व कपको उपाधि जितेको थियो । 

हेड टु हेड

फ्रान्स र इङ्ल्यान्डबीच अहिलेसम्म ३१ खेल भएका छन् । जसमा इङ्ल्यान्डले १७ र फ्रान्सले ९ वटा खेल जितेको छ । पाँच वटा खेल बराबरी भएका छन् । यी खेलमा समग्रमा इङ्ल्यान्डले ६९ गोल गरेको छ भने फ्रान्सले ३९ गोल गरेको छ ।

विश्व कपमा यी दुई देश यसअघि दुई पटक मात्र खेलेका छन् । दुई खेलमा नै इङ्ल्यान्ड विजयी भएको छ । सन् १९६६ मा इङ्ल्यान्डले फ्रान्सलाई २–० र सन् १९८२ मा ३–१ गोलले हराएको थियो । त्यसयता ठूलो प्रतियोगितामा यो पहिलो भेट हो ।

फ्रान्सका मुख्य खेलाडी २३ वर्षका केलियन एमबाप्पेले कतार विश्व कपमा ४ खेलमा ५ गोल गरिसकेका छन् । इङ्ल्यान्ड यो प्रतियोगितामा सर्वाधिक १२ गोल गर्ने टोली हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया