नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
डोटी - डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रलाई कृषि पकड क्षेत्र बनाउने अभियान सुरु गरेको छ । सीमान्तकृत वर्गलाई आयआर्जनको मूलधारमा ल्याइ दैनिक जीवनयापनमा सहजता बनाउने उद्देश्यले पहिलो चरणमा नगरपालिकाले कृषिमा आधारित विभिन्न कार्यक्रम ल्याएको छ ।
आर्थिक वर्ष २०७९/०८० को पशु सेवा शाखाको ससर्त तथा निसर्त कार्यक्रम अनुसार वडा नम्बर १, २, ३ मा लागू हुने गरी कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
नगरलाई नमुना कृषि पकड क्षेत्र बनाउने अवधारणाका साथ चालु आर्थिक वर्षको कार्यक्रम वडा नम्बर १, २ र ३ मा ग्रामीण कुखुरा प्रवर्द्धन तथा वितरण, घाँसको श्रोत र केन्द्र स्थापना, क्रस बोयर बोका वितरण, माछा पालन अनुदान र नयाँ बाख्रा पकेट विकास कार्यक्रम ल्याइएको मेयर बाजिसिंह खड्का (विजय) ले बताउनुभयो । क्रमिक रुपमा अन्य वडामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने मेयर खड्काले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत तीस लाख पाँच हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिका पशु सेवा शाखाका संयोजक सत्यसुन्दरराज भण्डारीले जानकारी दिनुभयो । अघिल्ला आर्थिक वर्षमा स–सानो रकम वितरण गरिएकाले उपलब्धि नदेखिएको गुनासोपछि अहिले एक मुष्ट ३ वडाबाट कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । अबको आर्थिक वर्षमा यसैगरी सम्पूर्ण वडामा लागू गरिने गर्ने नगरपालिकाको योजना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।