समानुपातिक सांसद छान्ने निर्णय सभापतिलाई दिने कुरामा कांग्रेस नेता केसीको असन्तुष्टि

 मंसिर २४, २०७९ शनिबार १६:०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता तथा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले समानुपातिक सांसदहरु पार्टी सभापतिले टुंगो लगाउने कुरामा असहमित जनाउनुभएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदहरुको टुंगो लगाउने जिम्मा दिएको भन्दै उहाँले पार्टी सभापतिलाई मात्रै सांसद चयन गर्ने जिम्मा दिन नहुने बताउनुभएको हो ।

आज केन्द्रीय पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापतिलाई समानुपातिक सांसद चयन गर्ने जिम्मा दिएको थियो । उहाँले पार्टी सभापतिलाई यस्तो विषय दिँदा जस, अपजस आउने भन्दै उहाँले केन्द्रीय कार्यसमिति वा सम्पूर्ण पदाधिकारीको सामूहिक प्रयासबाट सांसदको टुंगो लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पदाधिकारीहरुको छलफलबाट नै समानुपातिक सांसदहरु चयन हुनुपर्ने र पदाधिकारीहरुको सामूहिक निर्णय हुनुपर्ने बताउनु भयो । उहाँले सभापतिबाट हुने निर्णय व्यक्तिकेन्द्रित हुने भन्दै पदाधिकारीहरुको छलफलबाट नै समानुपातिक उम्मेदवारको टुंगो लाग्नुपर्ने बताउनुभएको हो । 

नेता केसीले समानुपातिक उम्मेदवारहरु चयन गर्दा पार्टीले सबै क्षेत्र र वर्गलाई समेटेर समानुपातिक प्रतिनिधत्व हुनुपर्ने माग गर्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया