मुकेश काफ्लेसहितका व्यक्तिसँग ऊर्जामन्त्रीको छलफल, लोडशेडिङ हुन...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदमा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको दावी गर्नु भएको छ ।
राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न सक्ने अवस्थामा नरहेको जिकीर गर्दै अध्यक्ष दाहालले निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले स्थापित गरेको सिष्टम केन्द्रिय रुपमा अघि बढेको उल्लेख गर्दै पार्टीलाई पुनर्गठित गर्दै अघि बढाउने दृढता समेत व्यक्त गर्नु भयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘संघले हामीले सोचेको जस्तो अपेक्षा गरेको जस्तो पक्कै पनि भएन । त्यो साँचो कुरा हो । त्यसका कारणहरुको खोजी र त्यसको समीक्षा पनि हामी गर्दैछौं । तर हामी खुम्चेउँ भन्नुको मतलब यो होइन कि राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा अहिले पनि हाम्रो भूमिका केन्द्रीय नै छ । त्यसलाई कसैले पनि खोस्न सक्ने स्थिति देखिएको छैन ।’
यस्तै अध्यक्ष दाहालले सूचना र प्रविधिको सदूपयोग गरेर अघि बढन नसक्दा चुनावमा आफ्नो पार्टीले अपेक्षा गरे अनुसार नतिजा ल्याउन नसकेको पनि स्पष्ट पार्नु भयो । आगामी दिनमा पार्टीलाई विचारको दृष्टिले तथा सूचना र प्रविधिको सदूपयोग गर्ने दृष्टिले पनि अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो ।
अध्यक्ष दाहालले सूचना र प्रविधिको सदुपयोग गर्ने टिम परिचालन नगरी चुनाव जित्न नसकिने तथ्य पनि हालै सम्पन्न चुनावले बोध गराएको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।