कालीकोट डोजर दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुग्याे

 मंसिर २४, २०७९ शनिबार २०:४४:५६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकोटकाे सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएकाे डोजर दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुगेकाे छ ।

ज्यान गुमाउनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन् ।  दुर्घटनामा परि शाहीसहित तीन जना घाइते भएकामा उहाँकाे उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीकाे जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सवराज बमले जानकारी दिनुभयो । 

यस्तै तीन जना अझै बेपत्ता रहेका उहाँले बताउनु भयाे । बेपत्ता हुनेमा डाेजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन् । 

फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको हाे । 

 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया