पोर्चुगललाई हराउँदै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा

 मंसिर २४, २०७९ शनिबार २२:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ - पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । योसँगै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले हरायो । मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसेफ एन-नेसरीले गोल गरे । पोर्चुगलले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन ।

आजै दोस्रो क्वाटर फाइनलमा इङ्गल्यान्ड र फ्रेन्च खेल्दै छन् । अब मोरक्कोले सेमिफाइनलमा यो खेलको विजेतासँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया