विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा : फाइनल पुग्न अर्जेन्टिना र क्रोएसिया तथा फ्रान्स र मोरक्को खेल्ने

 मंसिर २५, २०७९ आइतबार ७:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हाे ।

यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल मङ्गलवार राति पौने १ बजे हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराएको थियो ।

यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ । गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई र आज बिहान भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इङ्ल्यान्डलाई हराएर अन्तिम चारमा पुगेका हुन् ।

फाइनल खेल पुस ३ गते आइतवार हुनेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया