एकले अर्कालाई दाेष दिएर देश अघि बढ्न सक्दैन : माधव नेपाल

 मंसिर २५, २०७९ आइतबार १४:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ । 

आज आइतवार काठमाण्डाैमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिइ कमी–कमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको हो । उहाँले तीन वटै तहको सरकार मिलेर अघि बढे सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताउनुभयाे । उहाँले देशमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नु पर्दछ । एकले अर्कालाई दोष दिएर देश अघि बढन सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । सङ्घीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन ।’

अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरू जनताले उपयोग गर्न पाउने गरि काम गर्न पनि पालिकाका जनप्रतिनिधिले सबल ढङ्गले काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया