सर्वोच्चलाई सङ्घीय संसद्का महासचिवको पत्र : ‘प्रश्नको उत्तर इजलासमै पेस गर्नेछु’

 मंसिर २५, २०७९ आइतबार १६:३५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले सोधेका प्रश्न र जिज्ञासाको खास जवाफ नदिइकन नै पत्र पठाउनुभएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग निष्प्रभावी भएको पत्र लेखेको विषयमा सर्वोच्च अदालतले चार वटा प्रश्नको जवाफ माग गरेर पत्र पठाएको थियो । तर आज आइतवार महासचिव पौडेलले सर्वोच्चलाई पत्र पठाएर जिज्ञासाको जवाफ आफूले इजलासमै दिने उल्लेख गर्नुभएको छ । पूर्ण इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले बहसका क्रममा इजलासमै प्रशासनको पत्रको जवाफ पनि दिने गौतमले उल्लेख गर्नुभएको छ ।

महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रश्मशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चलाई पत्र पठाएपछि रिट दर्ता भएको थियो । रिटको सुनुवाइ गर्दै संवैधानिक इजलासले पत्रको तत्काल कार्यन्वयन नगर्न भन्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

संसद् सचिवालयका महासचिव पौडेलले जबरामाथि महाअभियोगको प्रस्ताव ल्याउने संसद्को कार्यकाल नै सकिएको अवस्थामा महाअभियोग निष्प्रभावी भएको तर्क गर्दै राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतलाई पत्र पठाउनुभएको थियो । पौडेलको पत्रसँगै जबरा सर्वोच्च प्रवेश गर्न खोजे पनि प्रयास सफल भएन । सरकार र संविधानविद्ले भने जबराको महाअभियोगको प्रस्ताव अहिले पनि कायमै रहेकाले नयाँ संसद्ले यसलाई ग्रहण गरेर अघि बढाउने जनाएका छन् । जबराको कार्यकाल पर्सि मङ्गलवारदेखि सकिँदैछ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया