अर्जेन्टिनाले क्रोएसियालाई हराउला त ? यस्तो छ दुवै देशको विगत

 मंसिर २७, २०७९ मंगलबार ८:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ ।

अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ ।

क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । अर्जेन्टिना र क्रोएसियाले एक आपसमा यसअघि २ वटा विश्वकपमा प्रतिस्पर्धा गरेकोमा दुवै टोली एक/एक खेलमा विजयी भएका छन् ।

सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १–० गोलले हराएको थियो । तर सन् २०१८ को विश्वकपमा भने क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलले हराएको थियो । एकअर्कासँगका पाँच वटा खेलमा क्रोएसियाले ७ गोल र अर्जेन्टनाले ५ गोल गरेका छन् ।  

पछिल्ला ४१ खेलमा अर्जेन्टिनाले २८ खेल जितेको छ, १२ खेलमा बराबरी गरेको छ भने एक खेल मात्रै हारेको छ ।

विश्वकपको कुरा गर्दा क्रोएसियाको नतिजा निकै राम्रो रहेको छ । विश्वकपमा पछिल्ला १२ वटा खेलमा एउटा मात्रै हारेको छ भने ५ वटामा जित र ६ वटा खेल बराबरीमा सकिएका छन् । विश्वकपका नकआउट चरणका १० खेलमध्ये क्रोएसियाले ८ खेल जितेको छ ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने भएका छन् । आजको सेमिफाइनल खेलपछि मेस्सीले जर्मनीका लोथर मथाउसको कीर्तिमान बराबरी गर्नेछन् । विश्वकप इतिहासमा जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान छ । अर्जेन्टिनाका कप्तान मेस्सी र क्रोएसिया कप्तान लुका मोड्रिचका लागि यो अन्तिम विश्वकप हो ।

सेमिफाइनलकाे अर्काे खेलमा भाेलि राति पाैने एक बजे फ्रान्स र माेरक्काेबीच अल बयात रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया