रवि लामिछानेकाे सांसद पद खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट

 मंसिर २८, २०७९ बुधबार १६:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

लामिछानेको नागरिकता विवादको विषयलाई लिएर युवराज पौडेल (सफल) ले निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाउँदै आज बुधवार सर्वोच्चमा रिट दायर गर्नुभएको हो । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, सङ्घीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाण्डाैलाई विपक्षी बनाइएको छ । मुद्दाको किनारा नलाग्दासम्म उहाँलाई प्रतिनिधि सभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ ।

रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले बताउनुभयो । रिटमाथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको प्रवक्ता पौडेलले बताउनुभयाे । 

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि खारेज भएको नेपाली नागरिकता प्रयोग गरेर दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचितसमेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया