खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाकाे देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे उद्घाटन भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो ।
याेसँगै लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आज बुधवारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कामकाज थालेको छ । यही मङ्सिर १९ गते बुटवलबाट मुख्यमन्त्री कार्यालय राजधानीमा सारिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटनलाई देउखुरीमा उल्लासकाे रूपमा मनाइएकाे छ । गाउँ–गाउँबाट झाँकीसहित मानिसहरू राजधानी हेर्न पुगेका थिए । अब राजधानीले अवसर, विकास, रोजगारी ल्याओस् भन्ने उनीहरूकाे चाहना छ ।
मुख्यमन्त्री कार्यालयको उद्घाटन गर्दैै प्रदेश प्रमुखले राजधानीले विकासमा पछाडि परेको देउखुरीलाई मात्रै नभइ समग्र प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले समग्र देशकै नेतृत्व गरेको बताउनुभयो । राजधानी कार्यान्वयनसँगै प्रदेशको निसान छापमा राजधानीको नाम राप्ती उपत्यका देउखुरी लेखिने उहाँले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।