यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

 मंसिर २९, २०७९ बिहीबार ७:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।

राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित  उम्मेदवारको   नामावली   नेपाल   राजपत्रमा प्रकाशित हुनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । निर्वाचन परिणामअनुसार एउटै दलको बहुमत नभएकाले उपधारा (२) अनुसार  मन्त्रिपरिषद्  गठनको  विकल्पमा जानुपर्ने हुन्छ ।

उपधारा (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा  बहुमत  प्राप्त  गर्न  सक्ने  प्रतिनिधि   सभाको  सदस्यलाई  राष्ट्रपतिले  प्रधानमन्त्री  नियुक्त गर्ने उल्लेख छ । यही संवैधानिक व्यवस्थाअनुसार सरकार गठनका लागि दलहरूले बहुमत जुटाउने प्रयास गर्नुपर्ने हुन्छ । तर दुई वा दुईभन्दा बढी दलको समर्थनका  आधारमा  पनि  सरकार  गठन  हुन  नसकेमा चुनावको मतपरिणाम सार्वजनिक भएको ३०  दिनभित्र  राष्ट्रपतिले  प्रतिनिधि   सभामा  सबैभन्दा  बढी  सदस्य  रहेको  संसदीय  दलका  नेतालाई  प्रधानमन्त्री  नियुक्त  गर्ने  र  त्यसरी  नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट  विश्वासको  मत  लिनुपर्ने  संवैधानिक  व्यवस्था छ ।

आयोगले हिजो सार्वजनिक गरेको अन्तिम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना सासंद निर्वाचित भएका छन् । चुनाव–२०७९ बाट ७ वटा दलले  राष्ट्रिय  दलको  मान्यता  पाएका  छन् । राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले प्रतिनिधि सभामा  समानुपातिकतर्फ  कुल  सदर  मतको तीन प्रतिशत प्राप्त गरेको र प्रत्यक्षतर्फ एक सिट जितेको हुनुपर्छ ।

प्रतिनिधि सभातर्फ संसदमा १२ दलको प्रतिनिधित्व भएकोमा ७ दल कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाको जमानत जफत भएको छ । प्रत्यक्षमा एक सिट पनि नजित्ने ३५ वटा दल छन् ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया