बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
काठमाण्डौ – ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आज बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाण्डौ महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । त्यसैगरी उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै त्यो लेनलाई काठमाण्डौ महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डौ एउटा उपत्यका हो । यहाँ कुनै पनि पालिकाले स्वतन्त्ररूपले आफ्नै बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाण्डौ महानगरपालिकालगायत काठमाण्डौ उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ ।’
मेयर महर्जनले सार्वजनिक खरिद ऐन २०६३ को आमूल सुधार गर्नुपर्ने बताउनुभयो । यो ऐन सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उहाँले उल्लेख गर्नुभयो ।