मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ ५ सय १ उम्मेदवारको जमानत जफत

 पुस १, २०७९ शुक्रबार १३:३:५० | सुजीत झा
unn.prixa.net

धनुषा – मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ ५ सय १ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ प्रदेशका ८ वटै जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि ५ सय ९१ जना चुनावमा भाग लिएको मध्ये ५ सय १ जनाको जफत भएको हो । ३२ जना निर्वाचितसहित ९० जनाले मात्र आफ्नो जमानत जोगाएका छन् । 

आयोगको तथ्यांक अनुसार धनुषामा १ सय २ जना उम्मेदवारी दिएकोमा ९० जनाको जमानत जफत भएको छ । महोत्तरीमा ६७ जनामा ५४ जना, सर्लाहीमा ६९ जनामा ५८ जना, रौतहटमा ६८ जनामा ५९, बारामा ७६ जनामा ६४ र पर्सामा ५३ जनामा ४४, सप्तरीमा ६९ जनामा ५७ जना, सिरहामा ८७ जनामा ७५ जनाको जमानत जफत भएको छ ।

सबैभन्दा धेरै जमानत भएको जिल्ला धनुषा हो । यहाँ क्षेत्र नम्बर १ मा निर्वाचित दिपक कार्कीसहित ३ जना बाहेक २३ जनाको जमानत जफत भएको छ भने २ मा निर्वाचित रामकृष्ण यादवसहित ५ जनाले जमानत जोगाएका छन् । ११ जनाको जफत भएको छ । क्षेत्र नम्बर ३ मा निर्वाचित जुलीकुमारी महतो र प्रतिष्पर्धी अनिलकुमार झाले मात्र जमानत जोगाएका छन् भने २९ जनाको जफत भएको छ । क्षेत्र नम्बर ४ मा पनि निर्वाचित रघुवीर महासेठसहित प्रतिष्पर्धी महेन्द्र यादवले मात्रै जमानत जोगाउन सफल भएका छन् भने २७ जनाको जफत भएको छ । 

त्यस्तै महोत्तरीको क्षेत्र नम्बर १ मा निर्वाचित लक्ष्मी महतोसहित ३ जनाले जमानत जोगाएका छन् भने १२ जनाको जफत भएको छ । क्षेत्र नं. २ मा निर्वाचित शरतसिंह भण्डारीसहित ३ जनाले जमानत बचाएका छन् भने १३ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा पनि निर्वाचित महन्त ठाकुरसहित ३ जनाको जमानत बचेको छ भने १८ जनाको जफत भएको छ । क्षेत्र नं. ४ मा निर्वाचित महेन्द्र यादवसहित ३ जना बाहेक ११ जनाको जफत भएको छ । 

सप्तरीको क्षेत्र नम्बर १ मा निर्वाचन नवलकिशोर साह सहित ३ जनाले जमानत जोगाउन सफल हुनुभएकाे छ भने १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं. २ मा निर्वाचित सिके राउतसहित जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले जमानत जोगाएका छन् भने १३ जनाको जमानत जफत भएको छ ।

सप्तरी क्षेत्र नं. ३ मा पनि निर्वाचत दिनेशकुमार यादवसहित ३ जनाको जमानत बचेको छ भने १५ जनाको जफत भएको छ । क्षेत्र नं. ४ मा निर्वाचन तेजुलाल चौधरीसहित ३ जनाको जमानत बचेको छ भने १३ जनाको जफत भएको छ ।

सिरहाको क्षेत्र नम्बर १ मा निर्वाचित रामांशकर यादवसहित ३ जनाको जमानत बचेको छ भने २० जनाको जफत भएको छ । क्षेत्र नं. २ मा पनि निर्वाचित राजकिशोर यादवसहित ३ जनाले जमानत जोगाएका छन् भने २१ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा निर्वाचित लिलानाथ श्रेष्ठसहित ३ जना बाहेक १८ जनाको जमानत जफत भएको छ । क्षेत्र नं. ४ मा पनि निर्वाचित विरेन्द्रप्रसाद महतोसहित ३ जनाको जमानत बचेको छ भने १६ जनाको जफत भएको हो । 

सर्लाहीको १ मा निर्वाचित रामप्रकाश चौधरीसहित ३ जनाको बचेको छ भने १६ जनाको जफत भएको छ । २ मा पनि निर्वाचित महिन्द्र राय यादवसहित ३ जनाको जमानत जोगिएको छ भने १४ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा निर्वाचित हरिप्रसाद उप्रेती र प्रतिष्पर्धी नरेन्द्र साह कलवारले मात्र जमानत बचाउन सकेका छन् भने ११ जनाको जफत भएको छ । क्षेत्र नं. ४ मा निर्वाचित स्वतन्त्र उम्मेदवार अमरेश सिंहसहित ३ जनाले जमानत बचाएका छन् भने १७ जनाको जफत भएको छ । 

उता रौतहटको क्षेत्र नम्बर १ मा निर्वाचित माधवकुमार नेपाल र प्रतिष्पर्धी अजयकुमार गुप्ताले मात्रै जमानत बचाएका छन् १५ जनाको जफत भएको छ । क्षेत्र नं. २ मा पनि निर्वाचित किरणकुमार साह र प्रतिष्पर्धी मो. फिरदोस आलमले मात्रै जमानत बचाएका छन् । ११ जनाको जफत भएको छ भने क्षेत्र नं. ३ मा निर्वाचित प्रभु साहसहित ३ जनाको बचेको छ, १६ जनाको जफत भएको छ । क्षेत्र नं. ४ मा निर्वाचित देवप्रसाद तिम्लिसिना र प्रतिष्पर्धी उधवप्रसाद रेग्मीको उम्मेदवारी मात्रै बचेको छ भने १७ जनाको जफत नै भएको छ । 

पर्साको क्षेत्र नं. १ मा निर्वाचित प्रदीपकुमार यादव र प्रतिष्पर्धी अजयकुरमा द्ववेदीले मात्रै जमानत बचाएका छन् भने १९ जनाको जफत नै भएको छ । यस्तै क्षेत्र नं. २ मा पनि निर्वाचित अजयकुमार चौरसिया र प्रतिष्पर्धी सुरेन्द्रप्रसाद कुर्मीको मात्रै जमानत बचेको छ भने ९ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा निर्वाचित राजकुमार गुप्तासहित ३ जनाको उम्मेदवारी बचेको छ भने ८ जनाको जफत भएको छ । त्यस्तै क्षेत्र ४ मा निर्वाचित रमेश रिजाल र प्रतिष्पर्धी जालिम मिया अन्सारीको मात्रै जमानत जोगेको छ भने ८ जनाको जफत भएको छ । 

त्यस्तै बाराको क्षेत्र नं. १ मा निर्वाचित अचुत्यप्रसाद मैनाली र प्रतिष्पर्धी उमाकान्त चौधरीको जमानत मात्रै बचेको छ र १५ जनाको जफत भएको छ । क्षेत्र नं. २ मा निर्वाचित रामसहायप्रसाद यादवसहित ५ जनाको जमानत बचेको छ भने १७ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा निर्वाचित ज्वालाकुमारी साहसहित ३ जनाले जमानत बचाएका छन् भने १४ जनाको जफत भएको छ । 

यस्तै क्षेत्र नं. ४ मा निर्वाचित कृष्णकुमार श्रेष्ठ र प्रतिष्पर्धी एकवाल मियाले मात्रै बचाउनुभएकाे छ । १८ जनाले जमानत बचाउन सकेनन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया