काठमाण्डौ आज विश्वको १३औँ प्रदूषित सहर

 पुष २, २०७९ शनिबार ७:३७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज काठमाण्डौ विश्वको १३औँ प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाण्डौ प्रदूषित सहरको १३औँ स्थानमा पुगेको हो ।

आज बिहान काठमाण्डौ उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० रहेको छ । बिहान सबैभन्दा धेरै भक्तपुरको सूर्यविनायकमा एक्यूआई १ सय ६० पुगेको छ । यस्तै, भक्तपुरका तीन वटा स्टेसनको एक्यूआई १ सय ५० भन्दा माथि रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यसभन्दा माथि अस्वस्थ मानिन्छ ।

प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर, दोस्रोमा बङ्लादेशको ढाका, तेस्रोमा पाकिस्तानकै कराँची, चौथो र पाँचौँमा भारतको नयाँ दिल्ली र कोलकाता रहेका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया