राष्ट्रपतिद्वारा सरकार गठनको आह्वान गर्ने तयारी, कांग्रेस सभापति देउवाले सांसदहरुसँग छलफल गर्दै

 पुष २, २०७९ शनिबार ८:४७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गर्नुभएको छ ।

निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिले सरकार गठनको आह्वानको तयारी गर्नुभएको हो । केही दिनमै दलहरुलाई बहुमतसहित सरकारको दाबी गर्न आह्वानको तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले गृहकार्य सुरु गरेको जानकारी दिँदै सम्भवत: भोलि आइतवार सरकार गठनका लागि आह्वान हुनसक्ने बताउनुभयो । प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पुर्याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनको लागि १ सय ३८ सांसदको आवश्यकता पर्छ । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकार गठनको तयारीमा जुटिरहेका छन् ।

यसैबीच, कांग्रेस पार्टीभित्र छलफलको तयारी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति देउवाले नयाँ सरकार गठनसहितका विषयमा छलफल गर्न आज सांसदसहितको बैठक बोलाउनुभएको छ । आज दिउँसो ३ बजे बस्ने बैठकमा सरकार गठन र राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका पदको विषयमा पनि छलफल हुनेछ ।

कांग्रेसले माओवादी समेतलाई विश्वासमा लिएर राष्ट्रपति को बन्नेभन्दा पनि कस्तो बन्ने भन्ने विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्णय गर्ने महामन्त्री शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया