संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई प्रधानमन्त्री देउवाको निर्देशन

 पुष २, २०७९ शनिबार १८:४७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदलाई आज सरकारी निवास बालुवाटारमा बधाईसहित संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । नयाँ सरकार कांग्रेसकै नेतृत्वमा गठबन्धनसहित बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न चाहेको सभापति देउवाले स्पष्ट पार्नुभएको नेता कार्कीको भनाई छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका नेता कार्कीका अनुसार सत्तारुढ गठबन्धन दलको बैठक छिट्टै बस्ने तयारी छ । साथै यो बैठकमा सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुनेछ । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया