आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद सुरु गर्ने कांग्रेसको निर्णय

 पुष ३, २०७९ आइतबार १७:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अरू दलहरूसँग संवाद थाल्ने निर्णय गरेको छ । 

आज आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गठबन्धन र अरू दलहरूसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद सुरु गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएको उहाँको भनाइ छ । 

प्रवक्ता महतले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक भए पनि गठबन्धनमा छलफल गरेर टुङ्गो लगाइने पनि बताउनुभयो । 

यस्तै बैठकले संसदीय दलको नेता छान्न सह–महामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली रहनुभएको प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँले आउँदो बुधवारभित्र नेपाली कांग्रेस संसदीय दलको नेताको चुनाव भइसक्ने बताउनुभयो ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया