पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली, तराईमा हुस्सु कुहिरो

 पुष ४, २०७९ सोमबार ७:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भारतको बिहारमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ । तराईका जिल्लामा पनि हुस्सु कुहिरो लागेको छ ।

तराईका जिल्लामा लागेको हुस्सु कुहिरो दिउँसो पछि मात्रै हट्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । देशभर नै जाडो बढिरहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया