चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

 पुष ४, २०७९ सोमबार ७:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ ।

विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् ।

रुपन्देहीको भीम अस्पताल भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताका अनुसार श्वासप्रश्वास, दम र रुघाखोकीका बिरामी आउने क्रम बढ्दो छ । बिरामीको सङ्ख्या बढेसँगै चिसोबाट जोगिन र स्वास्थ्य सावधानी अपनाउन डा. गुप्ताको आग्रह छ ।

चिसो ह्वात्तै बढेकाले वृद्धवृद्धा साथै बालबालिकालाई थप सचेत हुन, न्याना लुगा लगाउन, तातो खानेकुरा खान, मर्निङवाक गर्नेहरुलाई पनि सावधानी अपनाउन डाक्टरको सुझाव छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया