काठमाण्डाै उपत्यकासहित तराईका जिल्लामा बाक्लाे हुस्सु

 पुष ७, २०७९ बिहीबार ९:४५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लाे हुस्सु, कुहिरो लागेकाे छ । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेकाे माैसमविद्ले बताएका छन् । हुस्सुका कारण बिहानको समयमा हिँडडुल गर्न नै समस्या भएको छ । 

अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएकाे मौसमविद्हरुले बताएका छन् । काठमाण्डौ उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले उडान र अवतरण ठप्प भएकाे छ । उडान अवतरण बन्द हुँदा हवाई यात्रा गर्नेहरुलाई असहज भएको छ । अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका विभिन्न भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । यस्तै, आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । आउँदाे २४ घण्टामा  तराईका केही भू–भागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने  र देशका प्रायजसाे भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाे विभागले जनाएकाे छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया