काठमाण्डौमा आज यसवर्षकै चिसो, भोलि बाग्मती, गण्डकी र लुम्बिनीमा पानी पर्ने सम्भावना

 पुष ८, २०७९ शुक्रबार ७:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशैभर मौसम बदली भएको छ । धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।  आज पहाडी क्षेत्रको मौसम दिउँसो पनि आंशिक बदली हुने सम्भावना छ ।

तराईका जिल्लामा भने आज पनि बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो  लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । काठमाण्डौसहित पहाडी जिल्लामा भने हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । तर आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।

आज दिनभरजसो मौसम आंशिक बदली रहने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । आज काठमाण्डौमा यसवषकै चिसो छ । हिजोको तुलनामा आज काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसले घटेको छ । हिजो ६ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ ।

यसैबीच, भोलि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । यसपालि अहिलेसम्म हिउँदे वर्षा सुरु हुन सकेको छैन । तर, पश्चिमी न्यून चापीय प्रणालीको असर पर्न थालेकाले भोलि हल्का वर्षाको अनुमान गरिएको हो ।

यो प्रणालीका कारण आज रातिदेखि नै चिसो अझ् बढ्ने अनुमान छ । हिमाली र उच्च पहाडी जिल्लामा आज रातिदेखि नै हिमपात हुने अनुमान छ । मौसमविद्का अनुसार पर्सि फेरि मौसममा सुधार आउने सम्भावना छ ।
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया